काठमाडौं, ३१ साउन । संविधानसभा अन्तर्गतको मस्यौदा समितिले तयार पारेको नयाँ संविधानको पहिलो विधेयक र त्यसमा सहमति हुन नसकेका केही विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेता सम्मिलित कार्यदलको बैठक आज बस्दैछ ।
काठमाडौंमा बस्ने बैठकमा नागरिकता, धर्मनिरपेक्षता र थ्रेसहोल्डका विषयमा छलफल हुने बुझिएको छ । मस्यौदा समितिले सहमति हुन नसकेका विषयलाई थाँती राखेर नयाँ संविधानको पहिलो विधेयक शनिबार राति तयार पारेको हो ।
नयाँ संविधानको विधेयकमा शीर्ष नेताहरूले छलफल गरेर सहमति जुटाइ मस्यौदा समितिमार्फत संविधानसभामा पेश गर्न जनाइएको छ ।
प्रमुख दलहरू भदौ दोस्रो साताभित्र संविधान जारी गर्ने पक्षमा छन् । त्यसलाई आधार बनाएर संविधान निर्माणको कार्यलाई अघि बढाएका छन् ।
शीर्ष नेताहरूको बैठक दिउँसो तीन बजेपछि बस्ने कार्यक्रम छ । यसअघि शनिबार बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण स्थगित भएको थियो ।












प्रतिक्रिया