काठमाडौं, ३१ साउन । संघीय राज्यको सिमाङ्कन र आफ्ना माग नयाँ संविधानको मस्यौदामा सम्बोधन नभएको बिरोधमा मोहन बैद्य नेतृत्वको ३३ दलीय मोर्चा र संघीय समाजवादी फोरम नेपालसहितका एघार दलको संयुक्त आमहड्तालका कारण मुलुकभरिको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कराण राजधानीको जनजीवन प्रभावित भएको छ । बन्द सफल बनाउन दलका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका छन् ।
उनीहरूको अबरोध र प्रदर्शनकाकारण सवारी साधनहरू चल्न सकेका छ्रनन् ।
यसैबीच प्रहरीले बन्द गराउँदै हिँडेका केही प्रदर्शनकारीलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।
प्रदर्शनकारीले पनि केही सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया