४ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिले भने, ‘टिकाउ संविधान बनाउन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran-&-4-Dalकाठमाडौं, ३१ साउन । राष्ट्रपति रामवरण यादवले आन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्दै राम्रो र टिक्ने संविधान निर्माण गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्।

संविधानसभा अर्न्तगत संविधान मस्यौदा समितिले नयाँ संविधानको मस्यौदा लेखन सुरु गरेका बेला शीर्ष नेताहरुलाई शनिबार साँझ शीतल निवास बोलाएर सबैलाई मान्य हुने संविधान निर्माण गर्न सम्झाएको समाचार नागरिक दैनिकले छापेको छ ।

राष्ट्रपतिले नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, संविधानसभा अर्न्तगत राजनीतिक सम्वाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईलाई शीतल निवास बोलाएका थिए।

रात्रि भोजसहित संविधान निर्माणको विषयमा राष्ट्रपतिले छलफल आयोजना गरेका हुन।

झन्डै तीन घन्टा चलेको छलफलमा राष्ट्रपति यादवले संविधानसभा भित्र र बाहिर रहेका सबै शक्तिलाई विश्वासमा लिएर संविधान जारी गर्न दोहोराएका छन् ।

कुनै पनि राजनीतिक दल र समुदायले आफ्ना माग सुनुवाइ भइन भन्ने गुनासो गर्ने ठाउँ नदिन आग्रह गर्दै राष्ट्रपतिले सीमांकनको विषयलाई लिएर देशका विभिन्न भागमा सुरु भएको आन्दोलनप्रति चिन्ता व्यक्त गरेका छन्।