५ कार्तिक २०८३, बिहिबार

‘बादल’को हत्या गर्ने आफ्नै पार्टीका नेता यसरी पक्राउ परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामजी पौडेल 'बादल'
रामजी पौडेल ‘बादल’

पोखरा, ३१ साउन । नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल ‘बादल’को हत्यामा संलग्न भएको आशंकामा प्रहरीले कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई शनिबार पक्राउ गरेको छ ।

कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले लामिछानेलाई पक्राउ गरेको जानकारी दिएको समाचार नागरिक दैनिकले छापेको छ ।

‘हत्यामा संलग्न भएको आशंकामा हामीले लामिछानेलाइ पोखराबाट पक्राउ गरेका हौ’ उनले भने, ‘परिवारले पनि किटानी जाहेरी दिएपछि पक्राउ गरेका हौ।’

प्रहरीले लेखनाथ–१६ का इकाइ सभापति राजु रानाभाट शुक्रबार नै पक्राउ गरेको थियो ।

हत्यामा संलग्न अरु तीनजना फरार रहेको उनले बताए। फरार व्यक्तिको खोजि भइरहको पालले जानकारी दिए।