तुलसीपुर (दाङ), ३० साउन । दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको एक तथ्याङ्कले देखाएको छ ।
कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै रकम लगानी गर्ने भएका कारण पनि यसतर्पm नागरिकको आकर्षण बढेको हो ।
जिल्लामा गएको आव २०७१÷०७२ को एक वर्षमा मात्रै नयाँ दर्ता हुुने उद्योगमा व्यापारिक संस्था ६५९, साझेदारी संस्था ३४ र प्राइभेट लिमिटेड संस्था २८ वटा गरी ७२१ नयाँ घरेलुु तथा साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।
व्यापार र उद्योगमा लगानी गरे मुनाफा सहजै हुने र बंैकिङ लगानी पनि सहजै हुने भएकाले नागरिकको आकर्षण बढेको हुन सक्ने जानकारहरु बताउँछन् । घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्याङ्कअनुसार हाल जिल्लामा किराना पसल, फेन्सी तथा काँचो कपडा पसल, गल्ला खरिद बिक्री, होटेल, रेस्टुराँ, गेष्ट हाउस, छड तथा सिमेन्ट पसललगायत गरी विभिन्न प्रकारका तीन हजार ३९१ वटा दर्ता रहेका छन् ।
त्यस्तै पछिल्लो समय दाङमा ठूला तारे होटेलदेखि सामान्य रेस्टुराँ खोल्ने लहर नै चलेको छ । दाङका तीन प्रमुख सहर तुलसीपुर, घोराही र लमहीमा ठूला होटेल तथा गेष्ट हाउस एकपछि अर्को गरी खुलेका छन् भने राजमार्गको ठाउँठाउँमा ठूला तथा साना रेस्टुराँ खुल्ने क्रम पनि बढेको छ ।
राज्यले कृषि क्षेत्रमा देखाएको उदासीनता र परम्परागत कृषि प्रणालीबाट जीवनयापन गर्न धौधौ भएपछि आफू व्यापारमा लागेको तुलसीपुरका कस्मेटिक व्यापारी निर्मला खड्काले बताउनुभयो । परम्परागत कृषिमा भन्दा व्यापारमा लगानीअनुसार मुनाफा पनि भएको उहाँले बताउनुभयो । त्यसैगरी तुलसीपुर नगरपालिका वडा नं ६ मा किराना पसलसहित रेस्टुराँ सञ्चालन गर्नुभएकी जानका गिरीले पनि कृषि क्षेत्रमा परिश्रम गरेअनुसार उत्पादन नहुने र भए पनि बजारको समस्याले गर्दा कृषि व्यवसाय छोडी पसलसहित रेस्टुराँ सञ्चालन गर्दै आएको बताउनुभयो । सानो व्यवसायबाट पनि घरव्यवहार सञ्चालन गर्न राम्रै आम्दानी हुने उहाँले बताउनुभयो ।
यसैबीच घरेलु तथा साना उद्योग कार्यालय दाङले आव २०७१÷०७२ मा रु एक करोड ९९ लाख १४ हजार ५०८ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले आव २०७०÷०७१ को तुलनामा रु २० लाख बढी राजस्व सङ्कलन भएको जनाएको छ ।
त्यसैगरी रु तीन करोडभन्दा बढी लगानीका ठूला उद्योगको भने कार्यालयमा रेकर्ड नहुने जनाइएको छ । जिल्लामा दुईवटा सिमेन्ट उद्योग सञ्चालनमा छन् भने अन्य केही उद्योग दु्रत गतिमा निर्माण कार्य भइरहेको छ । रासस















प्रतिक्रिया