२१ कार्तिक २०८३, शनिबार

एमाले सभासद्लाई घेरेपछि नवलपरासीमा गोली चल्यो, एक प्रदर्शनकारी गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attackनवलपरासी, ३० साउन । थरुहट प्रदेशको माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नवलपरासीमा झडप भएको छ । झपड नियन्त्रण बाहिर गएपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको छ ।

प्रहरीको गोली लागेको एक प्रदर्शनकारी घाइते भएका छन् । थरुहट प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेकपा एमालेका सभासद बैजनाथ चौधरीको घर घेरेपछि प्रहरीले चलाएको गोली लागेर थारुवान कार्यकर्ता कोमल चौधरी गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पताल लगिएको छ । यस्तै आन्दोलनकारीको ढुंगा प्रहारबाट प्रहरी पनि घाइते भएका छन् । आन्दोलनकारीको भीडले उग्र रूप लिएपछि प्रहरीले रबरको गोली चलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी जनाएको छ ।

प्रहरीले भीडलाई तितरबितर गर्न केही सेल अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो ।