२१ कार्तिक २०८३, शनिबार

सबैको सहमतिमा संविधान जारी गर्न माधव नेपालले ल्याए नयाँ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MadhavKumarNepalकाठमाडौँ, ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबैको सहमतिमा संविधान जारी गर्न नयाँ प्रस्ताव अघि सार्नुभएको छ ।

उहाँले सबैका मागमा राम्रो मागलाई छनोट गरी संविधानसभाले संविधानमा समावेश गर्नुपर्ने प्रस्ताव ल्याउनुभएको हो । उहाँले भन्नुभयो-‘उत्तम मागलाई संविधानमा राख्दा सबैले सहमति जनाउँछन्, त्यस्ता मागलाई पहिचान गर्न सक्नुपर्छ । अनि मात्रै शान्तिपूर्ण वातावरणमा देशले संविधान पाउँछ ।’

शनिबार जोरपाटी नारायणटारमा आयोजित इस्टपोल प्रतीक्षालय निर्माण एवम् मणिगाल उद्यान निर्माणको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो–‘संविधान निर्माणसँगै ७० वर्ष अघिदेखिको मुद्दा थान्को लागेपछि आर्थिक विकासका अभियानमा लाग्ने समय मिल्ने भएकाले अबको १५ दिनमा संविधानसभाले संविधान जारी गर्नुपर्छ, यो वा त्यो अतिवादले क्षति पु¥याउने भएकाले समन्वय र सन्तुलनका आधारमा संविधान जारी गरिनुपर्छ ।’

कर्णाली, सुर्खेत, कैलाली र कञ्चनपुरलगायतले आन्दोलन गर्नु नपर्ने गरी एवम् विविधतालाई एकतामा बदली धर्मका सम्बन्धमा उठेका विषयलाई पनि सम्बोधन गर्ने गरी संविधान जारी गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।