४ कार्तिक २०८३, बुधबार

ठूला नेतालाई धर्मनिरेपक्षता मिलाउन हम्मेहम्मे !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३० साउन । देशको सीमांकन पुनरावलोकनसहित धर्मनिरपेक्षता, थ्रेस होल्ड, संवैधानिक निकायका पदाधिकारी पुनर्नियुक्तिजस्ता विवादित विषयलाई टुंग्याउन शीर्ष नेताहरूलाई हम्मे परेको छ ।

चार दलका शीर्ष नेता रहेको विशेष समितिले शुक्रबारसमेत विवादित विषय टुंग्याउने प्रयास जारी राख्यो ।

प्रमुख दलका शीर्ष नेताहरू सम्मिलित विशेष समितिको निर्णयपछि मात्रै मस्यौदा समितिको कार्यदलले संविधान विधेयक लेखनको काम सम्पन्न गर्न सक्छ ।

विशेष समितिले प्रदेशको सीमा पुनरावलोकन, धर्मनिरपेक्षता, थ्रेस होल्ड र संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिबारे छलफल सुरु गरे पनि निर्णय गर्न नसकेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

मस्यौदा समितिअन्तर्गतको कार्यदलले शुक्रबार संवाद समितिमा भएका सहमति र संविधानसभाको निर्देशनअनुरूप मस्यौदा परिमार्जनको काम भने अघि बढाएको छ ।

यसैबीच संविधान विधेयक निर्माणको काममा मस्यौदा समितिका सभापति कृष्णप्राद सिटौलाले एकलौटी गरेको आरोप लगाउँदै एमाओवादी नेता प्रभु साहले उक्त समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

उनले शुक्रबार सभापति सिटौलालाई भेटी राजीनामा पत्र बुझाएका हुन् । ‘त्यहाँ बसेर गलत निर्णयको साक्षी बन्नुभन्दा बाहिरिनु उपयुक्त ठानेर राजीनामा दिएको हुँ’, साहले भने ।

संविधानको प्रारम्भिक मस्यौदा निर्माणकै बेलादेखि एमाओवादी नेताहरूले सिटौलामाथि संवाद समिति र संविधानसभाका अन्य संयन्त्रहरूमा भएका सहमतिलाई छोडेको, तोडमोड गरेको र नयाँ विषय थपेको आरोप लगाउँदै आएका छन् ।