२१ कार्तिक २०८३, शनिबार

सिटौलाको मस्यौदा समितिले थाल्यो संविधान निर्माणको काम, विवादित विषय सहमति नजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-situla

काठमाडौँ, २९ साउन । संविधान मस्यौदा समितिले गठन गरेको कार्यदलले संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनका आधारमा संविधानको अन्तिम मस्यौदा तयार पार्ने प्रक्रिया सुरु गरेको छ ।

संवाद समितिको प्रतिवेदनलाई कानुनी तथा संवैधानिक भाषामा ढाल्ने, सूत्रबद्ध गर्ने प्रक्रिया सुरु गरिएको छ । कार्यदलमा रहेका सदस्यले जनताको भावना र मुलुकका विभिन्न तह तथा तप्काले दिएको सुझावलाई मध्यनजर गर्ने तथा संविधानसभाले दिएको निर्देशनका आधारमा अन्तिम मस्यौदाको प्रक्रिया सुरु गरिएको हो ।

समितिका सदस्य सीता नेपालीका अनुसार आज अबेरसम्म कार्यदलमा छलफल हुने र शनिबार बिहानैबाट थप छलफल गरी मस्यौदालाई अन्तिम रुप दिइनेछ । प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच छलफल जारी रहेको र विवादित विषयमा सहमति नभइसकेको अवस्थामा मिलेका विषयमा मात्रै अन्तिम मस्यौदा गरिनेछ ।

मस्यौदा समितिले सभापति कृष्ण सिटौलाको संयोजकत्वमा भरतमोहन अधिकारी, हितराज पाण्डे, रमेश लेखक, अइन्द्रसुन्दर नेम्वाङ, जितेन्द्र देव रहनुभएको कार्यदल गठन गरेको थियो । आवश्यकताका आधारमा अन्य सदस्यलाई समेत कार्यदलको बैठकमा सहभागी गराइनेछ ।

प्रमुख दलका बीचमा धर्मनिरपेक्षता, मत प्रतिशत सीमा र संवैधानिक अङ्गका प्रमुखको पुनःनियुक्ति गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन । ती विषयमा सहमति नहुँदा मस्यौदा समितिमा केही अन्योलता भने कायम हुन पुगेको छ । तर मस्यौदा समितिअन्तर्गतको कार्यदलले दलबीच भएको सहमति, संविधानसभाको निर्देशन र संवाद समितिको प्रतिवेदनका आधारमा मस्यौदालाई टुङ्ग्याइँदै जानेमा भने मतैक्य भएको छ । रासस