३० आश्विन २०८३, शुक्रबार

अफगानिस्तानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-16

काठमाडौं, २९ साउन । साफ यु-१६ फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल समूह विजेता बन्दै  सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार साँझ भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १-० ले पराजित गरेको हो । बंगलादेशको सिलेटमा भएको खेलमा नेपालका लागि ४७औं मिनेटमा क्षितिज राजले निर्णायक गोल गरेर जित दिलाए ।

यसअघि, नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ५-० ले हराएको थियो । शुक्रबारको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । नेपालले सेमिफाइनलमा आइतबार भारतसँग खेल्ने छ ।