काठमाडौं, २९ साउन । सरकारले स्थानीय विकास मन्त्रालयसहित बिभिन्न ११ वटा मन्त्रालय र विभागमा सचिवहरुको सरुवा गरेको छ ।
मन्त्रिपरिषद बैठकले निर्णय गरेपछि शुक्रबार ११ सचिवको सरुवा गरिएको हो । सोमलाल सुवेदी मुख्य सचिव भएपछि खाली भएको स्थानीय विकास मन्त्रालयमा माधव रेग्मी सचिव बनेका छन् ।
त्यस्तै, राजश्व सचिवमा राजन खनाल, भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा गजेन्द्र ठाकुर सरुवा भएका छन् । राष्ट्रिय योजना आयोगमा सुरेशमान श्रेष्ठ, पर्यटन मन्त्रालयमा दिनेश थपलिया, सामान्य प्रशासन मन्त्रालयमा टंकमणी शर्मा र निर्वाचन आयोगमा शारदा प्रसाद त्रिताल सरुवा भएका छन् ।
शंकरप्रसाद अधिकारी गरिवी निवारण अनुप उपाध्याय सिंचाइमा र मधुप्रसाद रेग्मीलाई वन मन्त्रालयमा सरुवा गरिएको समाचार स्रोतले जनाएको छ ।*
*सच्चाइएको












प्रतिक्रिया