२१ कार्तिक २०८३, शनिबार

सीमांकन परिमार्जन भएरै दुई हप्ताभित्र संविधान जारी हुन्छ : नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepalकाभ्रे, २९ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ६ प्रदेशको सीमांकनमा परिमार्जन हुने बताउनुभएको छ ।

पेशागत महांसघको कार्यक्रमका लागि काभ्रे पुगेका नेता नेपालले बनेपामा आयोजित पत्रकार भेटघाटमा सीमांकनको विषयमा पुर्नविचार हुने बताउनुभयो । उहाँले भन्नुभयो-‘सीमांकनमा परिमार्जन भएरै दुई हप्ताभित्र नयाँ संविधान जारी हुन्छ ।’

एमालेले सरकार पाउन कै लागि संविधान निर्माणलाई छिटो ल्याउन खोज्यो भन्नु अर्थ हिन विषय भएको नेता नेपालको भनाई थियो । ‘सरकार र पद पाउन एमालेले कहिले पनि लोभ नराख्ने र राखेको पनि छैन ।’ पूर्व प्रधानमन्त्री नेपालले भन्नुभयो ।