२१ कार्तिक २०८३, शनिबार

सिटौलालाई असहयोग गर्न एमाओवादी सभासद् प्रभु शाहले राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prabhu-shahकाठमाडौं, २९ साउन । एकीकृत नेकपा माओवादीका सभासद् प्रभु शाहले संविधानसभा मस्यौदा समितिबाट राजीनामा दिएका छन् ।

आफ्ना हक अधिकार संविधानको मस्यौदामा नसमेटिएको भन्दै सभासद् शाहले समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् ।

‘आफ्नो समुदायको हक अधिकार खोसिएको हेरेर, लाचार छाया भएर समितिमा बस्दैन् ।’ उनले सञ्चारकर्मीलाई सिंहदरबारमा भने ।

शाह कृष्ण प्रसाद सिटौला नेतृत्वको संविधान सभा मस्यौदा समितिका सदस्य थिए । उनले आफ्नो राजीनामा पत्र एमाओवादी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई बुझाएका छन् ।