२१ कार्तिक २०८३, शनिबार

हिन्दूराष्ट्रका पक्षमा दवाव दिन राप्रपा नेपालद्वारा प्रदर्शन गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa-1काठमाडौं, २९ साउन । हिन्दूराष्ट्रको पक्षमा दवाव दिने उदेश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज काठमाडौंसहित मुलुकभरि प्रदर्शन गर्दैछ ।

नयाँ संविधानमा ‘हिन्दूराष्ट्र शब्द’ राख्न दवाव दिने उदेश्यका साथ मुलुकभरि प्रदर्शन गर्न लागिएको राप्रपा नेपालले जनाएको छ ।

काठमाडौंमा भने राप्रपा नेपालले मध्यान्ह १२ बजेपछि र्‍यालीसहितको प्रदर्शन गर्नेछ । बबरमहलमा जम्मा भएर संविधानसभा घेराउ गर्न जाने जनाइएको छ ।

राप्रपा नेपालले हिन्दूराष्ट्रका पक्षमा दवावपूर्ण कार्यक्रम गर्दै आएको छ ।

उसले ८० प्रतिशतभन्दा बढी हिन्दूको बसोबास रहेको मुलुकलाई धर्मनिरपेक्षता बनाउन थालेको भन्दै विरोध गर्दै आएको छ ।