४ कार्तिक २०८३, बुधबार

सिंहदरबारभित्र गाजा खेती कसले गर्‍यो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaga-660x330काठमाडौं, २९ साउन । गाँजाखेती नष्ट गर्न प्रहरी काठमाडौंबाट मकवानपुर, धादिङलगायत जिल्लाका दुर्गम गाउँसम्म पुग्छ ।

तर, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै फस्टाएको ‘गाँजाको बारी’बारे भने बेखबर रहेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयको पछाडिको खाली जग्गामा गाँजाको ठूलो झाडी नै छ ।

गृह मन्त्रालयको पछाडि, श्रम मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयछेउको जग्गामा पनि गाँजाका बोट फस्टाएका छन् ।

कांग्रेसको संसदीय कार्यालयमा त परिसरभित्रै गाँजाका बोट देखिन्छन् । तर, प्रहरी भने सिंहदरबारभित्र गाँजाको झाडी नरहेको दाबी गर्छ ।

‘हामीले सिंहदरबारभित्र कतै गाँजा देखेका छैनौँ,’ सिंहदरबारस्थित सुरक्षा गणका प्रहरी निरीक्षक ज्ञानेन्द्र बस्नेतले भने । सुरक्षा परिषद्छेउछाउ क्षेत्रका केही गाँजाका बोट भने सेनाले नष्ट गरेको थियो ।

सहरी विकास मन्त्रालयका एक कर्मचारीले सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दा पनि मन्त्रालयछेउछाउमा बढेको गाँजाको झाडी नष्ट नगरिएको बताए ।

‘मन्त्रालयकै छेउमा गाँजाको झाडी राख्नु लाजमर्दो हो, पटक–पटक भन्दा पनि नष्ट गरिएको छैन,’ ती कर्मचारीले भने । सिंहदरबारबाहिर पनि धेरै ठाउँमा गाँजाका झाडी देखिन्छन् ।

अनामनगरको खोलाकिनार तथा खाली जग्गामा फस्टाएका गाँजाका बोट छन् । बागमती तथा विष्णुमती खोलाकिनारमा पनि गाँजाको झाडी देखिन्छ ।

लागुऔषध दुव्र्यसनीले त्यसको फाइदा उठाइरहेका छन् । सार्वजनिक स्थानमा फस्टाएका गाँजाका बोटबाट त केहीले कारोबारसमेत गर्ने गरेका छन् ।

दुई साताअघि प्रहरीले ललितपुरका केही सार्वजनिक स्थानका गाँजाका बोट नष्ट गरेको थियो । तर, काठमाडौं र भक्तपुरमा भने नष्ट गरिएको छैन ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले योजनाबद्ध रूपमा गाँजाखेती नष्ट गर्ने काम भइरहेको बताए ।

‘सामुदायिक प्रहरी कार्यालयहरूसँग मिलेर उपत्यकामा रोपिएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान नै चलाइएको छ,’ उनले भने ।

लागुऔषध नियन्त्रण ऐनले गाँजाखेतीलाई अपराध मानेको छ । तर, प्रहरीले कारोबारीलाई मात्र कारबाही गर्दै आएको छ ।