४ कार्तिक २०८३, बुधबार

भाडाको आमा बनाइ बच्चा जन्माउने फाइल गायब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surrogacy_for_commercialकाठमाडौं, २९ साउन । सरोगेसी सेवा कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई कानुनी मान्यता दिने सम्बन्धी प्रस्तावको फाइल स्वास्थ्यमन्त्रालयबाट गायव पारिएको छ ।

मन्त्रिपरिषद्बाट कानुन बनाएर उक्त सेवा चलाउन सैद्धान्तिक सहमति दिने निर्णय लगत्तै फाइल गायब पारिएपनि मन्त्रालयकै सहमतिमा त्यससम्बन्धी कानुन नबन्दै केही अस्पतालले अनाधिकृत रुपमा यो सेवा शुरु गरिसकेको समाचार नागरिक दैनिकले छापेको छ ।

एक अधिकारीका अनुसार मन्त्रालयबाट उठाइएको प्रस्ताव थपघट गरेर पुन मन्त्रिपरिषद् लगिएको वा विवादित निर्णय लुकाउनकै लागि फाइल नफर्ककाइएको हुनसक्छ ।

विदेशी दलालहरुले ग्राहक कोख खोजिदिएवापत एक करोडसम्म लिन्छने ।

नेपालका अस्पतालले ४० देखि ५० लाख बुझ्छन् । कोख दिने नेपाली आमाले भने ३ देखि चार लाख पाउँछन् ।