काठमाडौं, २९ साउन । दक्षिण कोरियामा ११ नेपाली मजदुर पक्राउ परेका छन् ।
भिसा अवधि सकिएर पनि अवैधानिक रुपमा काम गर्दै आएका र उनीहरुलाई विभिन्न स्थानबाट प्रहरी र अध्यागमन विभागका कर्मचारीले पक्राउ गरेका हुन् ।
ख्यती प्रान्तको आनसान हाङजी अपार्ट नजिकै छजाङ छङइल कम्पनीमा कार्यरत चार नेपालीलाई बुधबार राति पक्राउ गरि अध्यागमनलाई बुझाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
त्यस्तै अन्य स्थानबाट पनि नेपाली पक्रेको छ । कोरियामा अवैधानिक बस्ने क्रम बढ्दो छ ।
हालसम्म २ हजारजति नेपाली अवैध समेत अनुमान गरिएको छ ।















प्रतिक्रिया