२१ कार्तिक २०८३, शनिबार

पुनर्निर्माण प्राधिकरणको प्रमुखमा गोविन्द पोखरेल नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-pokheralकाठमाडौं, २८ साउन । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेललाई भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा निुयक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई प्राधिकरणको सिइओमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो । भूकम्प गएको चार महिनापछि सरकारले पोखरेललाई पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख बनाएको हो ।

यसैबीच, मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका रथी राजेन्द्र श्रेत्रीलाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ ।