२१ कार्तिक २०८३, शनिबार

गच्छदारको कडा बोली-‘थारुहट प्रदेश नबनेसम्म संविधान आउँदैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gacheedarकाठमाडौं, २८ साउन । मधेसी जनअधिकार फोरमका (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जनताले संविधानको मस्यौदाप्रति देखाएका प्रतिक्रियालाई सम्बोधन गर्न जरुरी रहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा उहाँले मेचीदेखि महाकालीसम्म बसोबास गर्ने थारु समुदायको मागलाई संविधानको मस्यौदाले सम्बोधन गर्न नसकेको गुनासो पोख्नुभयो ।

संविधान निर्माण प्रक्रियामा आफूले अवरोध नगर्ने बताउँदै उहाँले मस्यौदामा आफूले फरक मत दर्ता गरेको जानकारी दिनुभयो । ‘म व्यक्तिगत रुपमा संविधान निर्माणमा बाधा गर्दिन्, तर थारु समुदायको अधिकारका लागि छुट्टै प्रदेश नभएसम्म संविधान बन्ने अवस्था छैन् ।’