३० आश्विन २०८३, शुक्रबार

सुनको भाउ बढ्यो, अझै बढ्न सक्ने सम्भावना बलियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, २८ साउन । पछिल्लो दिन नेपालमा सुनचाँदीको भाउ बढिरहेको छ ।

बिहीबार पनि स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । यो हप्ताको सोमबार ४ सयले बढेको सुनको भाउ विहीबार पनि ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ तोलाको ४९ हजार ३ सय रुपैयाँ कायम गरेको छ । बुधबार सुन तोलाको ४८ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदी तोलामा १० रुपैयाँ बढेर ६ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ नघटेकाले स्थानीय बजारमा सुनचाँदीको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको बताएको छ ।