काठमाडौं, २८ साउन । नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चितताको माग गर्दै सडक आन्दोलनमा रहेका दलित अधिकार क्षेत्रका अगुवा तथा अधिकारकर्मीहरूले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछन् ।
काठमाडौंको नयाँ बानेश्वरमा आज मध्यान्हपछि हुने छलफलमा एवम् अन्तरक्रियामा दलितका पक्षमा उठाइएका मागलाई नयाँ संविधानमा समेट्ने विषयमा परामर्श हुनेछ ।
अधिकारकर्मी एवम् दलित अगुवा विनोद पहाडीले कांग्रेस, एमाले, एकीकृत माओवादी र तराई मधेश लोकतान्त्रिक पार्टीका शीर्ष नेताहरूसँग आफ्ना अधिकार तथा मागका विषयमा छलफल गर्न लागिएको बताउनुभयो ।
‘आन्दोलन पनि जारी छ’, उहाँले भन्नुभयो, ‘कुटनीतिक पहलबाट दलितका अधिकार नयाँ संविधानमा समावेश गराउने अभियान पनि यथावत छ ।’
सडक आन्दोलन गरेका दलित अगुवाहरूले संविधानसभाका साथै विभिन्न दलहरूलाई सामाजिक सुरक्षा, राजनीतिक अग्राधिकार, स्वास्थ्य, शिक्षालगायतका विषयमा दवाव दिँदै आएका छन् ।












प्रतिक्रिया