४ कार्तिक २०८३, बुधबार

क्यासिनो किङ बलेद्वारा मजदुरलाई हतियार बनाई गुण्डागर्दी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baleकाठमाडौं, २८ साउन । दरबारमार्गस्थित याक एण्ड यती होटलमा सञ्चालन भई हाल बन्द रहेको क्यासिनो रोयल हडप्न क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटा उर्फ बलेले मजदुरको साहारा लिन थालेका छन् ।

कानूनी रुपमा कमजोर बनेपछि बलेले मजुदरलाई अघि सारेर अप्रत्यक्ष रुपमा गुण्डागर्दी सुरु गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

क्यासिनो आफ्नो हातमा पार्न बलेले योजनाबद्ध तरिकाबाट मजदुरलाई अघि सारेको स्रोत बताउँछ ।

योजना मुताबिक बलेले क्यासिनो खरिद गर्न आएका भारतीय व्यापारी आशिष पटेललाई क्यासिनो खरिद गर्ने भए मजदुरको पुरानो पारिश्रमीक उपलब्ध गराउन पर्नु शर्त राखेर धम्की दिन थालेका छन् ।

मजदुरहरुको पारिश्रमीक वापतको १५ करोड भन्दा बढी रुपैयाँ क्यासिनो सञ्चालक राजबहादुर सिंहले तिर्नु पर्ने छ ।

क्यासिनोमा म्यारिज टेबुल सञ्चालन गरी अकुत सम्पत्ति थुपार्दै आएका बलेले उक्त टेबुल चलाउँन मात्र राजबाहादुरलाई दुई करोड डिपोजिट गराएका थिए ।

बिभिन्न समयमा क्यासिनोमा पैसाको संकट पर्दा तिन करोड ऋण स्वरुप बलेले राजबहादुरलाई दिएका थिए ।

क्यासिनो अर्काको हातमा गएपछि उक्त पैसा राजबहादुरसँग उठाउन नसकिने निक्र्यौल निकाली बलेले पुन: उक्त क्यासिनो अर्काको नाममा सम्झौता गरी राजबहादुरलाई नै पार्टनर बनाए ।

र, अर्कोतिर आफू पनि शेयरहोल्डरको रुपमा बस्ने योजनामा बले रहेको उनी निकट स्रोत बताउँछ ।

सो मुताबिक बलेले गत सोमवार क्यासिनोका कर्मचारीलाई उचालेर क्यासिनो खरिद गर्ने आएका भारतीय व्यापारी पटेललाई होटल याक एण्ड यतिको लबिमा आक्रमणको प्रयास समेत गरेका थिए ।

मजदुरहरुको नाटकिय नाईके बनेका बलेले क्यासिनो खरिद गर्ने भए मजदुरको पुरानो बक्यौंता रकम चुक्ता गर्न पटेललाई धम्की दिएका हुन ।

गुण्डागर्दी र आक्रमक शैलीमा आएका तर आफूलाई क्यासिनोका युनियन नेता बताउने समूहको डरका कारण पटेलले १५ दिन भित्र एक करोड रकम उपलब्ध गराउने बचन दिएर त्यहाँबाट हिडेका थिए ।

सडक छापबाट क्यासिनो मालिक बन्ने हैशियत राखेका बले केही बर्ष अगाडिसम्म काभ्रेली आपराधिक समूहका सदस्य थिए । बलले क्यासिनो रोयल हत्याउन पछिल्लो समय गुण्डागर्दीको तरीका अपनाउन थालेका हुन् ।

होटल मालिक राधेश्याम शर्राफले सम्झौंता खारेज गरिदिएपछि क्यासिनोलाई माध्यम बनाएर करोडपति बनेका बलेले गुण्डागर्दीको तरिका अपनाउँदै मजदुरलाई हतियार बनाउन थालेका हुन् ।

उनी मजदुरको हितमा भन्दा मजदुरलाई हतियार बनाएर भारतीय ब्यापारी पटेललाई नेपालबाट भगाउन चाहन्छन् ।

पटेललाई भगाएर आफू निकट वा राजबहादुरलाई नै बले पुन: क्यासिनोको मालिक बनाएर रोयलमा राज गर्ने योजनामा जुटेका छन् ।

सिंह र उनका भाई हरिसलाई युवती सप्लाई गरेकै भरमा बलेले क्यासिनोमा आफ्नो पनि शेयर भएको हल्ला फिजाउँदै आएका थिए ।

बलेले क्यासिनो रोयलमा म्यारिज टेबुल भाडामा चलाउने र जुवा खेल्नको लागि नेपाली जुवाडेलाई क्यासिनोको मार्केटिङ अफिसरको नक्कली परिचय पत्रसमेत उपलब्ध गराउँदै आएका थिए ।

उनले प्रहरीको नजरमा छारो हाल्न यस्तो हर्कत अपनाउँदै आएका थिए ।

होटल मालिक सर्राफले सिंहलाई पुन: क्यासिनो सञ्चालन गर्न नदिने गरी सम्झौंता नै भङ्ग गरेपछि राजबहादुरले बलेलाई जस्तोसुकै मूल्यमा पनि क्यासिनो हडप्न सुझाव दिएका छन् ।

तर होटल मालिक शर्राफले भने भारतीय व्यापारी पटेललाई क्यासिनो दिने सम्झौता गरिसकेका छन् । सम्झौंता अनुरुप शर्राफले पटेलसँग बैना वापत १० करोड लिइसकेको पनि बुझिएको छ ।

बलेको समूहले भारतीय व्यापारी पटेल बिरुद्ध समाचार समेत लेखाउन थालेका छन् ।

प्रहरीको हवला दिदैं भारतीय मोष्टवान्टेड पटेललाई नेपाल प्रहरीले खोजी गरिरहेको हावादारी समाचार समेत बलले पत्रकारमार्फत फिजाएका छन् ।

उक्त क्यासिनोको सम्पूण प्रक्रिया पूरा गरी पटेलको समूहले सञ्चालन गर्ने निश्चित भईसकेको छ । तर पटेललाई नेपालबाट लखेट्न बलेको आपराधिक समूहले ठूलो कसरत गरी रहेको स्रोतले बतायो ।

क्यासिनो रोयल भएको ठाउँमा पटेल समूहले क्यासिनो दरवार नाम राखेर दर्ता पक्रिया अगाडि बढाई सकेको छ ।

पटेल समूहले उक्त क्यासिनो सञ्चालन गरेको खण्डमा बलेको धन्दा चौपट हुने भएपछि बले आफू निकटलाई उक्त क्यासिनो दिलाउन चाहन्छन् ।

घर भडाको कारण देखाई होटल मालिक सर्राफले क्यासिनोको सम्झौंता रद्ध गरेका थिए ।

होटललाई तिर्नुपर्ने ३२ करोड रुपैयाँ राजबहादुरले चुक्ता गरेका छैनन् भने राजश्व र मजदुरको तलब गरेर एक अर्ब रकम झ्वाम पारी राजबहादुर गुमनाम छन् ।

तर उनका भरौटे बले जस्ता दलाल पुन: क्यासिनो सञ्चालन गर्न राजबहादुरलाई दिनुपर्ने भन्दै शक्तिकेन्द्र धाउन थालेका छन् ।