४ कार्तिक २०८३, बुधबार

दुई डनको झगडामा एआईजी छिरेपछि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २८ साउन । राजधानीको रात्रीकालिन व्यवसाय डनहरुको नियन्त्रणमा छ । गुण्डागर्दीमा नलागेका व्यक्तिहरुले रात्री व्यवसाय चलाउन निकै कठिन छ ।

राजधानीका डान्सबार, दोहोरी, डिस्कोहरु तथा अधिकांश रेष्टुरेन्ट र गजलहरु गुण्डागर्दीमै आबद्ध व्यक्तिहरुले चलाएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

गुण्डागर्दीमा संलग्न व्यक्तिहरुले चलाउने भएकाले प्राय: सधैं झगडा भइरहन्छ । त्यस्ता झगडाबाट बच्न सञ्चालकहरुले प्रहरीलाई सेटिङ मिलाएका हुन्छन् ।

नियमित रुपमा प्रहरीलाई पैसा बुझाइएको हुँदा झगडा गर्दा पनि पक्राउ नगरी मिलाउने गर्दछन् ।

काठमाडौंको सबैभन्दा महंगो डिस्कोका रुपमा चिनिएको दरबारमार्गस्थित द भिक्ट्रि लाउन्जमा गत शनिबार झगडा भयो ।

ठमेलमा फेसज बार चलाउँदै आएका राम गिरीले सञ्चालन गर्दै आएको उक्त डिस्कोमा यूवा संघका केन्द्रीय सदस्य अमित लामा बिहान २ बजे साथीहरु लिएर पुगेका थिए ।

पहिला प्लाटिनम डिस्को चलाउने लामा र गिरीको सम्बन्ध राम्रो छैन । लामालाई गेटमा बाउन्सरले छिर्न दिएनन्, त्यसपछि उनले गिरीलाई बोलाए ।

मदिरामा मात्तिएर गएका लामालाई गिरीले ‘तँ किन यहाँ आएको भन्दै’ गाली गरेपछि झगडा सुरु भएको थियो । आफुलाई हेपेपछि लामाले पनि झगडा सुरु गरेको थिए । सोही विषयलाई लिएर यतीबेला लामा दरबारमार्ग वृत्तको हिरासतमा छन् ।

भोलीपल्ट शनिबार भएकाले मिलापत्र गर्ने प्रयास भएको थियो । सञ्चालक राम गिरी समेत गएर म्याद नथपी छाड्न आफु सहमत भएको कुरा दरबारमार्ग वृत्तका डिएसपी रमेश बस्नेतलाई बताएका थिए ।

तर, त्यसभन्दा पहिले नै उनले एआईजी बिज्ञानराज शर्मासँग सेटिङ मिलाइसकेका थिए । स्रोतका अनुसार मेट्रो प्रमुख एआईजी शर्मासँग गिरीको पुरानो दोस्ती छ ।

त्यसकारण जसरी पनि लामालाई म्याद थप गरेर थुन्नलाई दबाब दिएका थिए । तर दरबारमार्ग वृत्तमा गएर भने म्याद नथपी छोड्न सकिने बताएका थिए ।

युवा संघका कोषाध्यक्ष समेत रहेका लामाको गृहमन्त्री वामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतसँग राम्रो सम्बन्ध छ ।

त्यसकारण उनलाई म्याद थप नगरी छुटाउन ठुलै दबाब आएपछि प्रहरीले मानेन । एआईजी शर्मा र गिरीको सेटिङकै कारण उनलाई नछाडिएको स्रोत बताउँछ ।

गिरी पनि केही महिनाअघि ज्यान मार्ने उद्योग मुद्दामा दरबारमार्ग वृत्तमा थुनिएका थिए । त्यसबेला एआईजी शर्माकै दबाबमा मुद्दा कमजोर बनाएर उनलाई धरौटीमा छाडिएको थियो । लामालाई छुटाउन गृह सचिव सुर्य सिलवालले समेत शर्मालाई फोन गरेका थिए ।