काठमाडौं, २८ साउन । झन्डै ४ अर्ब ठगीको यूनिटीकाण्डका प्रमुख नाइके बिष्णु क्षेत्री र कृष्ण क्षत्री पाँच वर्षपछि भारतबाट समातिए ।
उनीहरु पक्राउ परेपछि यूनिटीको कहानी सुन्दा पक्राउ गर्न गएका प्रहरी अधिकारी नै अचम्ममा परेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
यूनिटीको पैसामा देशमा धेरै व्यक्तिहरुले मस्ती गरेको कुरा उनीहरुमाथिको सोधपुछमा खुलेको छ ।
पत्रकारदेखि राष्ट्रपतिसम्म सेटिङ मिलाएर चलेको यूनिटीले तीन वर्षमै चार अर्बभन्दा धेरै उठाइसकेको थियो ।
फिर्ता दिन नपर्ने गरी उठाइएको सोही पैसा सबैलाई बाँडेर अवैध धन्दा चलाइएको थियो ।
पक्राउ परेका क्षत्री दाजुभाईले सेटिङको बारेमा प्रहरीलाई केही तथ्य खुलाइसकेको हुँला यसमा थुप्रै व्यक्तिहरु तानिन सक्ने देखिएको छ ।
आफुहरुको कामलाई बैध बनाउने भनेर एभिन्यूज टेलिभिजनका मालिक भाष्कर राजकर्णिकारलाई मात्र उनीहरुले ५० लाख भन्दा बढी रुपैयाँ दिएको उनीहरुले बताएका छन् ।
पैसा खाएर पनि राजकर्णिकारले कुनै काम नगरिदिएको उनीहरुले बताए । त्यस्तै सबैजसो चर्चित नेताहरुलाई पैसा बाँडको समेत उनीहरुले बताएका छन् । तर आफुहरुको पैसा खाने नेताहरुले व्यवसाय सिध्याएको उनीहरुको दाबी छ ।
गत साउन १४ गते भारतको हिमाञ्चलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरी नेपाल ल्याएको थियो । उनीहरुलाई अदालतले दोषि ठहर गरीसकेको हुँदा कैद भुक्तानका लागि नख्खु कारागारमा छन् ।
यूनिटीको पैसामा सयौंले मस्ती गरेपनि अदालतले भने १२ जनालाई मात्र दोषि ठहर गरेको छ । अदालतले दोषि ठहर गरेकामध्ये लोकबहादुर टण्डन त्यही पैसाले ग्रिनसिटी अस्पताल चलाउँदै आएका छन् । हाल उनी अमेरिका बसेर मस्ति गरिरहेका छन् ।















प्रतिक्रिया