४ कार्तिक २०८३, बुधबार

वकिल बन्न नपाएपछि सरकारी कर्मचारीहरूले इजलास बहिष्कार गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Supreme-court-in-Nepal-Earthquakeकाठमाडौं, २८ साउन । न्यायाधीश नियुक्तिमा सरकारी वकिलहरूलाई प्राथमिकता नदिएको भन्दै महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले इजलास बहिष्कार गरेका छन् ।

उनीहरूले देशभरका अदालतमा बहस रोक्दै मंगलबारबाट इजलास बहिष्कार गरेका हुन् ।

६० जना जिल्ला न्यायाधीश सिफारिस गर्दा सरकारी वकिल समूहबाट १२ जना मात्र छानिएको र २०५५ सालदेखि उपसचिवसरहको पदमा रहेकालाई नसमेटिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेको समाचार नागरिक दैनिकले छापेको छ ।

उनीहरूका अनुसार जिल्ला न्यायाधीशका लागि ४८ जना उपन्यायाधिवक्ता योग्य थिए ।

३६ जना उपन्यायाधिवक्तालाई पन्छाएर केही कनिष्ठलाई परिषदले सिफारिस गरेको देखिएकाले इजलास बहिष्कार गर्नुपरेको सरकारी वकिल कार्यालयका केदारकुमार अधिकारीले बताए ।

उनले नियुक्ति नसच्याएसम्म इजलास बहिष्कार जारी राख्ने जनाए ।