काठमाडौं, २८ साउन । कतार सरकारले लागूऔषध कारोबार र सेवन गरेको मुद्दामा सजाय तोकिएका दुई नेपाली कैदीको २/२ लाख रियाल (करिब ५६ लाख रुपैया) जरिवाना मिनाहा गरेको छ ।
सरकारले बिभिन्न मुद्दामा जेल परेका बाँकी १९ जनालाई पनि आममाफी दिएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद बिन खालिफा अलथानीले इदको अबसरमा आममाफी दिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
नेपाली दुताबासका अनुसार ५६ लाख रुपैया जरिवाना मिनाहा पाउनेमा गणेशबहादुर र अच्युत दरासाई रहेका छन् ।
उनीहरुलाई लागु औषध मुद्दामा तीन बर्ष जेल र दुई लाख रियाल जरिवाना तोकेको थियो ।
उनीहरुलाई सन् २०१३ जुलाई १३ मा जेल चलान गरिएको थियो ।
दुताबासका प्रबक्ता नितेश सापकोटाका अनुसार आममाफी पाउने अरु कैदीहरु चोरी, बलत्कार, ठगी र मादक पदार्थ सेवन गरेको मुद्दामा संलग्न छन् ।
उनीहरुलाई प्रक्रिया पुर्याएर नेपालमा डिपोर्ट गरिने बताइएको छ ।















प्रतिक्रिया