काठमाडौं, २८ साउन । अन्तर्राष्ट्रिय विमानस्थल वरिपरी बनेका अग्ला भवनहरुको अध्ययन गर्न गठन भएको एउटा समितिले कोटेश्वर क्षेत्रका दुई वटा घरको उचाई भत्काउनु पर्ने सुझाव दिएको छ ।
नागरिक उडड्यन प्राधिकरणले गठन गरेको उक्त समितिले कोटेश्वर चोकमै रहेको र बालकुमारी जाने सडक छेउका दुईटा घर अन्तर्राष्ट्रिय उडड्यन मापदण्ड विपरित निर्माण भएको औल्याउँदै भत्काउनु पर्ने भनेको हो ।
‘कोटेश्वर चोकमै रहेको घर र बालकुमारीतर्फ जाने सडक छेउमै बनेको सन्तलाल शाहीको घरको उचाई घटाउनुपर्ने भएको छ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बुधबार अनुगमनका लागि विमानस्थल पुगेको व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिका सभाषदहरुलाई भने ।
उनका अनुसार, अन्तर्राष्ट्रिय नागरिक संगठनले तोकेको मापदन्ड विपरीत ती घर बनाइएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
काठमाडौं महानगरपालिले प्राधिकरणको परामर्श नलिई नक्सा पास गरिदिएको भेटिएको छ ।
संगठनले तोकेको मापदण्ड अनुसार, विमानस्थलको दक्षिणी (कोटेश्वर) धावनमार्गदेखि ९ सय मिटर आसापाससम्म हवाइजहाजको भारवहनलाई असर पर्ने घर बनाउन मिल्दैन ।
प्राधिकरणले समितिलाई तीनकुने, कोटेश्वर, जडिबुटी क्षेत्रमा प्राधिकरणबाट स्वीकृति नलिई बनाइएका अग्ला भवनले वायुयानको उडान र अवतरणमा असर परेको जनाकारी दिएको थियो ।















प्रतिक्रिया