४ कार्तिक २०८३, बुधबार

कांग्रेसको महाधिवेशन अनिश्चित, तोकिएको मितिमा महाधिवेशन गर्न अप्ठेरो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedकाठमाडौं, २८ साउन । संविधान निमार्णको प्रक्रिया लम्बिदै जाँदा कांग्रेसको १३ औं महाधिवेशनको मिति अनिश्चत बनेको छ ।

पार्टी नेतृत्व संविधान निर्माणमा केन्द्रित हुनुपरेकाले महाधिवेशनको तयारी अघि बढ्न नसकेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

महाधिवेशन तयारीका लागि बुधबार पार्टी पदाधिकारी बैठक बालुवाटारमा बसेको थियो ।

स्रोतका अनुसार संविधान जारी गर्ने समय लम्बिने अवस्थामा तोकिएको मितिमा महाधिवेशन गर्न अप्ठेरो पर्ने निष्कर्ष पदाधिकारीले निकालेका थिए ।