२१ कार्तिक २०८३, शनिबार

ओलीको कडा बोली-‘यो भएन भने रक्तपात हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौँ, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई हप्ताभित्र संविधान जारी हुने बताउनुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा नेकपा एमालेका युवा नेता तथा उद्योगमन्त्री महेश बस्नेतको संस्मरण ‘म महेश’ विमोचन समारोहमा उहाँले देशको समग्र हित हुने खालको संविधान दुई हप्ताभित्र जारी हुने दोहोर्‍याउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो भएन भने रक्तपात हुन्छ, त्यो भएन भने रक्तपात हुन्छ भन्ने होइन, एक जनाको मात्र कुरा मिलेर हुँदैन, सम्पूर्ण जनताका लागि मिल्नुपर्छ, देशको अस्तित्वको रक्षा हुनुपर्छ ।’

देशको आवश्यकताको आधारमा न्यायको सिद्धान्तअनुसार कतिपय कुराहरु संशोधन गर्न सकिने भन्दै उहाँले प्रदेश नै नबनाईकन राजधानी बनाउने हतारो गर्न नहुने प्रष्ट पार्नुभयो ।