३० आश्विन २०८३, शुक्रबार

जेएमईको भिबोर र सिटी डेभलपमेन्टसँग रेमिट्यान्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JME Calander 2.cdr

काठमाडौं, २७ साउन । जापान मनि एक्सप्रेस (जेएमई) ले आफ्नो सेवा बिस्तार गर्ने क्रममा भिवोर विकास बैंक र सिटी डेभलपमेन्ट बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ ।

सम्झौतापत्रमा जेएमईका तर्फबाट अध्यक्ष दीपेन्द्र जोशी र भिवोरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल तथा सिटी डेभलप्मेण्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै अव भिबोर विकास बैंकका मुलुकभर रहेका ९ वटा शाखा, सिटी डेभलपमेण्ट बैंकका १७ वटा शाखा तथा जेएमई रेमिटका मुलुकका ७५ वटै जिल्लामा फैलिएका १५ सयभन्दा बढी एजेण्टबाट जेएमईमार्फत पठाएको रकम भुक्तानी लिन सकिने जेएमईका ब्यापार बिकास प्रबन्धक प्रताप श्रेष्ठले बताए ।

जेएमईका ब्यापार बिकास प्रबन्धक श्रेष्ठले विदेशवाट पठाएको पैसालाई सेवाग्राहीसम्म पु¥याउन यो सम्झौताले थप सहज भएको जनाउँदै भने- ‘आगामी दिनमा रेमिट्यान्स कारोवारलाई जनस्तरमा वैकिङ च्यानलबाट पुर्‍याउन जेएमई रेमिट क्रियाशिल रहने छ ।’

स्थापनाको छोटो समयमा नै आफ्नो सेवा विस्तार गर्न सफल जेएमईले अहिले जापानमा मात्र नभएर अन्य देशहरुवाट पनि रेमिट्यान्स कारोवार गर्न थालेको छ । नेपालका वैंक तथा वित्तीय संस्थाहरुसँग रेमिट्यान्स सम्झौता गरिरहेको जेएमईले अव रेमिट्यान्स जगतमा नयाँ प्रबिधी भित्राउने प्रतिबद्धता समेत गरेको छ ।