२१ कार्तिक २०८३, शनिबार

रातारात षड्यन्त्र भयो : नेता ज्वाला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash jwalaकाठमाडौं, २७ साउन । नेकपा एमालेका नेता प्रकाश ज्वालाले राप्तीलाई षडयन्त्रपुर्ण तरिकाले टुक्रयाउन खोजेको बताएका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा आज बोल्दै उनले राति १२ बजे सम्म ५ प्रदेशमा रहेको सल्यान कसरी भोलीपल्ट विहान एकाएक ६ प्रदेशमा रह्यो ? भनेर प्रश्न गरे ।

राप्तीका दाङ सल्यान, रोल्पा, रुकुम र प्युठानबीच परापूर्व कालदेखिको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध रहेको भन्दै सोचविचारै नगरि हचुवाका भरमा सिमाङ्कन गरेको भन्दै तत्काल सच्याउन माग गरे ।

सल्यानलाई ६ नं प्रदेशमा पारेको र रुकुमलाई टुक्रा पार्ने कामका विरुद्धमा सल्यान र रुकुम जिल्लामा नागरिकहरु स्वतस्फुर्त रुपमा आन्दोलनमा उत्रिएको भन्दै जनताको मागलाई सम्बोधन गर्नुपर्ने उनको आग्रह थियोे । चारदलले गरेको निर्णय नसच्याउदा सम्म जनताले जिल्लामा र आफुले सदनमा आन्दोलन गर्ने नेता ज्वालाले चेतावनी दिए ।

सल्यान जिल्लाबाट निर्वाचित सभासद ज्वालाले आन्दोलनकारीलाई समयम हुन र माग पुरा नभए सम्म आन्दोलन जारी राख्न समेत आग्रह गरे । जनताले सोमबारबाट थालेको आन्दोलन प्रति समर्थन जनाउदै सिंगो राप्ती सहितको मध्यपश्चिम एक प्रदेश हुनुपर्ने आफ्नो प्रष्ट धारणा रहेको बताए ।

सोहि अबसरमा एमाओवादीका गणेशमान पुनले रुकुम र सल्यानलाई पाँच प्रदेशमा राख्न, मगरात र कर्णालीलाई विशेष स्वायत्त प्रदेश बनाउन, मगरात र तमुवान प्रदेश बनाउन सकिए राम्रो हुने सुझाव दिए । त्यसैगरी दाङबाट समानुपातिक तर्फकी सभासद अनारकली मियाँले राप्तीलाई कुनै पनि हालतमा अलग हुन नदिनका लागि आफुले संसदमा खबरदारी गरि रहेने बताइन् ।