३० आश्विन २०८३, शुक्रबार

पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउन एमाले सभासद्को माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Building-Bhukampa3काठमाडौं, २७ साउन । नेकपा एमालेका सभासद्ले ६ प्रदेशको सीमांकनमा असन्तुष्टि जनाएका छन् ।

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पेस गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सभासद्हरुले शीर्ष नेताहरुको ६ प्रदेशको सीमांकनमा असहमति जनाउँदै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने माग राखेका छन् ।

छलफलमा भाग लिँदै नेकपा एमालेका सभासद् लक्ष्मीप्रसाद पोखरेल र मदनकुमारी शाह (गरिमा)ले सुर्खेत आन्दोलनलाई साम्य पार्न नेतालाई आग्रह गर्दै मौजुदा पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनुपर्नेमा जोड दिनुभयो ।