२१ कार्तिक २०८३, शनिबार

वैदेशिक रोगजार विभागका महानिर्देशक सुवेदीलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharat Subediकाठमाडौं, २७ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो दलेको छ ।

वैदेशिक रोजगारका नाममा भ्रष्टारचार गरेको भन्दै जनकारवाही अभियान अन्तर्गत महानिर्देशक सुवेदीलाई विप्लव माओवादीका कार्यकर्ताले बुधबार कार्यालयमै कालोमोसो दलेका हुन् ।

नेकपा माओवादीका प्रवक्ता खड्गप्रसाद विश्वकर्माले वैदेशिक रोजगार नाममा व्यापक अनियमितता गरेको भन्दै पार्टीले चालेको जनकारवाही अभियान अन्तर्गत महानिर्देशक सुवेदीलाई सामाजिक वहिष्कार स्वरुप कालोमोसो दलेको बताए ।

उनले पार्टीको जनकारवाहीमा जनता ठग्ने, राज्य लुट्ने भ्रष्ट मानिस निशानामा रहेको समेत बताए ।