२१ कार्तिक २०८३, शनिबार

राप्रपा नेपाल र मधेसवादी दलले आज पनि संविधानसभा बैठक बहिष्कार गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत दलले संविधानसभाको आजको बैठक बहिष्कार गरेका छन् ।

प्रमुख चार राजनीतिक दलले संविधानका विषयमा गरेको सहमतिमा आफूहरुको धारणा समावेश नगरिएको भन्दै ती दलले बैठक बहिष्कार गरेका हुन् । आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथिको छलफल जारी छ ।

यसअघि, राप्रपा नेपालका सभासद् कुन्ती शाहीले चार दलका नेताले आफ्नो स्वार्थलाई मात्र हित हुने गरी संविधानको मस्यौदा ल्याएको आरोप लगाउनुभयो ।

उहाँले मुलुकका विभिन्न स्थानमा भइरहेको प्रदर्शनमा सरकारले दमन गरेको, नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारसमेत हनन गरिएको बताउनुभयो ।

सद्भावना पार्टीका सभासद् नरसिंह चौधरीले संविधानमा सबै क्षेत्र, वर्गको भावना समेटिनुपर्नेमा त्यसो नभएकाले आफूहरु विरोध गर्न बाध्य भएको बताउनुभयो । रासस