३० आश्विन २०८३, शुक्रबार

मेस्सीको प्रेरणामा बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । स्ट्राइकर लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाले यूईएफए सूपरकपको उपाधि जितेको छ ।

बुधबार विहान भएको रोमाञ्चक खेलमा स्पेनिस क्लब सेभियालाई ५–४ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि हात पारेको हो । योसँगै बार्सिलोनाले यूईएफए सूपरकपको उपाधि ५ पटक जित्न सफल भएको छ ।

खेलमा अग्रता भने युरोपा लिग विजेता सेभिल्लाले लिएको थियो । तेस्रो मिनेटमा बानेगाले गोल गर्दै पहिलो अग्रता दिलाए । तर, एक मिनेट पछि नै बार्सिलोनाका लियोनल मेस्सीले बराबरी गोल फर्काए । १५ मीनेटमा मेस्सीले अर्को गोल गरे भने, ४४ औ मीनटेमा म्यासिमेन्टोले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना तीन एकले अग्रता लिन सफल भयो ।

दोस्रो हाफको ५२ मीनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनाको अग्रता ४-१ मा पुर्‍याए । तर, ४-१पछि सेभिल्लाले उत्कृष्ट पुनरागमन गर्‍यो ।

उसले २४ मिनेट भित्र तीन गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो । एक सय १५औ मिनेटमा पेड्रोले गोल गरेपछि बार्सिलोनाले सूपरकपको उपाधि जित्यो ।