२३ कार्तिक २०८३, सोमबार

बैद्य माओवादी र समाजवादी फोरमले आन्दोलनको तयारी यसरी गर्दैछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । संविधानको मस्यौदाप्रति असन्तुष्टि जनाइसकेका मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी र संघीय समाजवादी फोरम नेपालले सडक आन्दोलनलाई सशक्त बनाउन गृहकार्यलाई तीव्रता दिएका छन् ।

दैनिक सरह बैठक, भेटघाट र परार्मशलाई जारी राखेका ती दलका नेताहरूले संविधानमा आफ्ना मागलाई सम्बोधन गराउन आन्दोलन गर्नुपरेको बताउँने गरेका छन् ।

उनीहरूले संविधानमा राखिएका सिमाङ्कनका साथै शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा असहमति जनाउँदै आएका छन् ।

दिलीप  प्रजापती
दिलीप प्रजापती

नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य दिलीप प्रजापतीले साउन ३१ र ३२ गतेको कार्यक्रमलाई सशक्त बनाउन दैनिक रुपमा सांगठनिक तयारी गरिरहेको बताउनुभयो ।

‘सडक आन्दोलनलाई व्यवस्थित बनाउन गृहकार्यमा छौं’, उहाँले भन्नुभयो, ‘३१ र ३२ गतेको आन्दोलनलाई व्यापक बनाउने तयारी छ ।’

राजेन्द्रप्रसाद श्रेष्ठ
राजेन्द्रप्रसाद श्रेष्ठ

त्यसै गरी संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफूहरूले सुरु गरेको आन्दोलनलाई व्यापक बनाउन लागिरहेको बताउनुभयो ।

‘प्रमुख चार दलले ल्याएको संविधानको मस्यौदाप्रति हाम्रो असहमति छ’, उहाँले भन्नुभयो, ‘संविधानमा हाम्रा माग समावेश गराउनका लागि र पार्टीको आन्दोलनलाई व्यापक बनाउन दैनिक छलफल र बैठकमा जुटेका हौँ ।’

यसैबीच, बिहीबार संघीय समाजवादी फोरम नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । आन्दोलनको तयारी र पछिल्लो राजनीतिकको समीक्षा गर्न राजधानीमा उपलब्ध भएका नेताहरूको बैठक बोलाइएको सहअध्यक्ष श्रेष्ठले बताउनुभयो ।