२१ कार्तिक २०८३, शनिबार

देउखुरीमा दुर्घटनामा परेर एक जनाको मृत्य, आठ यात्रु घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang-Deukhuriदेउखुरी, २७ साउन । दाङ जिल्लाको देउखुरी उपत्यकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम महेन्द्रराजमार्गअन्तर्गत सिसहनिया–४ पिपरीमा आज बिहान महेन्द्रा र बोलेरो जिप एकआपसमा ठक्कर खाँदा सुर्खेत घर भई हाल नेपाली सेना देवीदत्त गण रोल्पामा कार्यरत ३० वर्षीय बलबहादुर खड्काको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइते ६ जनालाई थप उपचारका लागि वुटवल लगिएको छ । दुई जनालाई नेपालगञ्ज पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र लमहीले जनाएको छ ।

सिसहनिया–४ पिपरी निवासी २६ वर्षीय कुसली चौधरी, सोही ठाउँ निवासी २० वर्षीय पम्फा गुरुङ, कपिलवस्तु विद्यानर–७ निवासी ४१ वर्षीय चालक उसमान खान, रुकुम पिपल–३ निवासी ३५ वर्षीय शशिराम खत्री, सतबरिया गाविस अमेलीया घर भएका २२ वर्षीय राजेन्द्र यादव र अर्का नाम ठेगना खुल्न नसकेका पुरुष गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि बुटवल पठाइएको छ ।

कपिलवस्तु बहादुरगञ्ज निवासी ३० वर्षीय सहजात यहमन र कालीकोट घर भएका २७ वर्षीय प्रेमबहादुर बुढाको थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना १ ज १४१३ महेन्द्रा जिप र विपरित दिशाबाट आइरहेको बा ५ च ५०२२ बोलेरो जिप एकआसमा ठक्कर खाँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्षमण बहादुर शाहीले जानकारी दिनुभयो ।