४ कार्तिक २०८३, बुधबार

गच्छदारको पेस्तोल एमाले मुख्यालय बल्खुबाट बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijaya Gachhedarकाठमाडौं, २७ साउन । एमालेको बल्खुस्थित चर्किएको कार्यालयबाट महत्वपूर्ण कागजपत्र सुरक्षित रुपमा निकाल्न खटिएको सशस्त्र प्रहरी टोलीलाई त्यस्ता वस्तु फेला पर्छ भन्ने कल्पनै थिएन ।

तर पाँचतले भवनको माथिललो तलामा राखिएको एउटा बाकस खोलदा उनीहरुले जे भेटे, त्यसपछि भने हल्लीखल्ली नभइरहन सकेन ।

उटा पुरानो बाकस खोल्दा त्यहाँ सशस्त्रले दुई थान हतियार भेट्टाएको छ । एउटा पेस्तोल थियो भने अर्कोे रिभल्वर । खोलेर हेर्दा खिया लागिसकेकोले चल्न सक्ने अवस्थामा थिएन ।

तर पनि प्रहरीको ध्यान हतियारमा जानु स्वभाविक रहेको समाचार बुधबार साप्ताहिकले छापेको छ ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पनि हतियार कसरी त्यहाँ पुगे थाह पाउन सकेनन् । सशस्त्रले हतियार फेला पारेपछि छाड्ने कुरा पनि भएन । बरु, बुझिलिएको कागज तयार पारेर सशस्त्रले दुवै हतियार लगेपछि सुरु भयो हतियारको पुरानो कहानी ।

खोज्दै जाँदा पत्ता लाग्यो– दुई मध्ये रिभल्वर चाहिँ पूर्वगृहमन्त्री विजयकुमार गच्छदारको रहेको पत्ता लाग्यो भने पेस्तोल चाहिँ पूर्वसांसद हरिनारायण चौधरीको रहेछ ।

घटना ३४ वर्ष अघिको रहेछ । २०३७ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका क्रममा उठेको विवाद २०३८ साल मंसिरमा विदार्थी नेता फणिन्द्र तिमिल्सेनाको हत्यासम्म पुगेको थियो ।

नेविसंघको तर्फबाट स्ववियु निर्वाचन जितेको घोषणा गरेका गच्छदारले त्यस दिन क्याम्पसको क्यान्टिननेरबाट चलाएको गोलीबाट फणिन्द्र ठहरै भएका थिए ।

घटनापछि अखिलका विद्यार्थीले घेरा हालेर गच्छदार र अर्को नेता हरिनारायण चौधरीको हातबाट पेस्तोल खोसेका थिए । तिनै हतियार हालै बल्खुमा फेला परेको रहेछ ।