२१ कार्तिक २०८३, शनिबार

गच्छदारको फोरम लोकतान्त्रिक कसरी विभाजित हुन्छ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

योगेन्द्र चौधरी
योगेन्द्र चौधरी

काठमाडौं, २७ साउन । संघीय प्रदेशहरूको सिमाङ्कनसहितको नयाँ प्रस्ताव आएपछि विजयकुमार गच्दार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक विभाजन हुन्छ भन्ने समाचार र टिकाटिप्पणीहरू बाहिर आइरहेका बेला सो दलका मुख्य सचेतकले पार्टी विभाजनको विषय हल्ला मात्रै रहेको बताएका छन् ।

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका मुख्य सचेतक योगेन्द्र चौधरीले नयाँ संविधानको मस्यौदामा पार्टीको फरक दृष्टीकोण र मत दर्ता भइसकेको बताउनुभयो ।

उहाँले सोही विषयमा पार्टी फुट्छ भन्ने समाचारको शून्यप्रतिशत पनि सत्यता नरहेको बताउनुभयो ।

‘संघीय राज्यको सिमाङ्कनमा हाम्रो पार्टीको फरक मत छ’, उहाँले भन्नुभयो, ‘सोही विषयलाई आधार बनाएर थारु सभासदहरूले पार्टी विभाजन गर्दैछन् भन्ने हाल्लामा कुनै सत्यता छैन । कुनै आधार छैन ।’

उहाँले यस्तो अवस्थामा कसरी पार्टी विभाजन हुन्छ भनेर प्रतिप्रश्न समेत गर्नुभएको थियो ।

फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका विजयकुमार गच्छदार, रामजनम चौधरी, योगेन्द्र चौधरी, जनकराज चौधरी, कल्पना चौधरी र सुमित्रा चौधरीसहित छ जना थारु सभासदहरू छन् ।

फोरम लोकतान्त्रिकका थारु सभासदहरूले पार्टी विभाजन गर्दैन् भन्ने समाचार र टिकाटिप्पणी बाहिर आइरहेका बेला चौधरीले सबै विषय गलत रहेको बताउनुभएको हो ।

जसमध्य तीन जना प्रत्यक्ष जितेर आएका हुन् भने तीन जना मनोनीत सभासद छन् ।

मुख्य सचेतक चौधरीले संविधानको मस्यौदामा पार्टीले अघि सारेका विषय समावेश गर्न आफूहरू सक्रिय रहेको भन्दै हल्लाका पछि नलाग्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।