काठमाडौं, २७ साउन । अर्थतन्त्रका हिसाबले एसियाको चौथो मुलुक दक्षिण कोरियामा नेपालीको संख्या ३४ हजार पुगेको छ ।
नेपालीहरु विशेषगरी रोजगारी, अध्ययन बिजनेस र वैवाहिक भिसामा यहाँ पुग्ने गरेका छन् ।
इपीएस लागू भएको साढे ७ वर्षमा ३२ हजार ५ सय ५७ नेपालीले दक्षिण कोरियामा रोजगारीका अवसर पाएको समाचार कारोबार दैनिकले छापेको छ ।
पुरुषहरुको तुलनामा महिलाहरुको संख्या ज्यादै न्यून छ । अवैधानिक तवरले बस्नेको कोरियामा कुनै तथ्याङ्क छैन् ।
भिसा सकिएर लुकिछिपी बस्नेमा अहिले नेपाल दोस्रो स्थानमा आएको छ । पहिलोमा बंगलादेश छ ।















प्रतिक्रिया