काठमाडौंँ, २६ साउन । नेकपा (एमाले)ले औचित्य, तर्क र न्यायका आधारमा सङ्घीयताको सीमाङ्कनसम्बन्धी सहमतिमा सामान्य हेरफेर गर्न सकिने जनाएकोे छ ।
एमाले नयाँ केन्द्रीय कार्यालय, धूम्रबाराहीमा पहिलो पटक आज आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानको मस्यौदामा जनताका सुझावका आधारमा परिमार्जनसहितको प्रतिवेदन पेस भए पनि संविधान ल्याउन नदिने केही तत्वले हिंसा भड्काउने खोजेकाले त्यसको पछि नलाग्न आह्वान गर्नुभयो ।
“सीमाका प्रश्नमा केही समस्या भए संविधानलाई अन्तिम रूप दिने बेलासम्म तिनलाई सम्बोधन गर्न सकिन्छ र भविष्यमा पनि सङ्घीय आयोगको सिफारिसमा फेरबदल गर्न सकिन्छ, त्यसैले यस प्रश्नमा अनावश्यक रूपमा संवेदनशील र उत्तेजित नहुन हामी नागरिकलाई विनम्रतापूर्वक आह्वान गर्न चाहन्छौँ ”, नेता ओलीले भन्नुभयो ।
नेताल ओलीले आगामी भदौ १५ भित्र नयाँ संविधान आउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तराई पहाडसँग छुट्याउन नहुने र पहाड तराईमा मिसाउन नहुने सुझावका बीच सीमाङ्कनमा सहमति गरिएको छ, यसका नाममा सामुदायिक, क्षेत्रीय र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको छ, आवश्यकताका आधारमा सुधार गर्न सकिन्छ तर यसका नाममा आवेश र उत्तेजनामा आउनुपर्ने आवश्यकता छैन ।”
ओलीले अहिलेको सीमांकनबाट म आफै समेत असन्तुष्ट रहेको भन्दै अवश्य परिमार्जन हुने भनाई राख्नुभयो ।












प्रतिक्रिया