२१ कार्तिक २०८३, शनिबार

हिंसा भड्काउनेलाई कारबाही गर्नुपर्छ : ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, २६ साउन । एमालेका अध्यक्ष केपी ओलीले संविधानको प्रारम्भीक मस्यौदा राखिएको संघीय प्रदेशको सिमाङ्कनको विषय सबै ठीक छ भन्ने नरहेको बताउनुभएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भन्नुभयो, ‘संघीयताको मालिलामा अहिले जे छ सबै ठीक छैन । तर जे गरेका छौं अहिले त्यो ठीक छ । उत्तम छ ।’

संविधानको प्रारम्भीक मस्यौदामा जनताको रायसुझाव लिनका लागि संघीय प्रदेशको संख्या राखिएको भन्दै ओलीले सिमाङ्कनको विषय अन्तिम निर्णय नरहेका ले त्यसलाई परिमार्जन गर्न सकिने बताउन भयो । ‘सिमाङ्नको विषयमा हिंसात्मक कार्य गर्नुपर्ने आवश्यक्ता छैन’, उहाँले भन्नुभयो, ‘यसलाई सुधार गर्दै र परिमार्जन गर्दै लैजान सकिन्छ ।’

उहाँले संविधान बनाउने कार्यमा सहयोग गर्ने बेला हिंसा, द्वैस फैलाउने कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो । उहाँले सुर्खेतमा प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिन र घाइतको सरकारले उपचार गर्नुपर्ने माग गर्नुभयो ।

‘कसैको घर जलाउने, पार्टी कार्यालय तोडफोड गर्ने, सरकारी कार्यालयमा आक्रमण गर्नेलाई सरकारले छुट दिनु हुँदैन’, उहाँले भन्नुभयो, ‘यस्ता कार्य एमालेका लागि सैह्य छैन ।’

एमाले अध्यक्ष ओलीले कसैको भावना भड्काउने कार्यमा नलाग्न आफ्ना नेता तथा कार्यकर्ता र सभासदहरूलाई निर्देशन दिनुभएको छ ।

‘हिंसा भड्काउने, सद्भाव विगार्ने जो काहीलाई कारबाहीको दायरमा ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘संघीयतासहितको संविधान ल्याउँदा आगो बाल्नुको कुनै तुक छैन ।’

पत्रकार सम्मेलनमा पूर्व अध्यक्षद्वय माधव नेपाल र झलनाथ खनालका साथै महासचिव ईश्वर पोखरेललगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा उपाध्यक्षद्वय बामदेव गौतम र विद्या भण्डारीलाई भने देखिएन ।

Ishwor-Pokharel Ishwor-Pokharel-1 Ishwor-Pokharel--2 Kp-oli-1 Rajendra-Aryal Surya-Thapa uml