३० आश्विन २०८३, शुक्रबार

राजाको स्वास्थ्यमा थप समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

King Bhumibolबैंकक, २६ साउन । विगत लामो समयदेखि अस्पतालमै रहेर उपचार गराइरहनुभएका थाइल्याण्डका राजा भूमिबोल अद्युल्यादेजको स्वास्थ्यमा थप समस्या देखिएको बताइएको छ ।

प्रायः कमैमात्र प्रेस विज्ञप्ति प्रकाशन गर्ने गरेको थाइल्याण्डको राजपरिवारले मङ्गलबार विज्ञप्ति प्रकाशन गरेर सो बारेमा जानकारी गराएको हो ।

थाई राजदरबारले प्रकाशन गरेको विज्ञप्तिमा उहाँको दिमागमा पानी जमेको र त्यसको उपचार जारी रहेको जानकारी दिएको हो ।

साथै उहाँको छातीमा पनि सङ्क्रमण भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

उहाँ निकै लामो समयदेखि उपचाररत् हुनुहुन्छ । उपचारका क्रममा रहनुभएका राजाको स्वास्थ्यको बारेमा लामो समयदेखि चासो राखिएको थियो ।

नागरिकले राजाको स्वास्थ्यका बारेमा राखेको चासोकाबीच राजदरबारले मङ्गलबार सो विज्ञप्ति प्रकाशन गरेको हो ।

विश्वको लामो राजतन्त्रका रुपमा परिचित ८७ वर्षीय राजा भूमिबोललाई गएको मे महिनामा पुनः अस्पताल भर्ना गरिएको हो । उहाँले त्यसअघि पनि लामो समयदेखि उपचार गराउँदै आउनुभएको छ ।

बैंककको सिरिराज अस्पतालमा उहाँलाई भर्ना गरिएको छ । यसअघि पनि उहाँले विगतदेखि नै उपचार गराउँदै आउनुभएको छ ।

उक्त विज्ञप्तिमा चिकित्सकहरुले उहाँको दिमागमा भरिएको पानीको मात्रा घटाउने काम गरिरेहका र पहिलाको तुलनामा अहिले पानीको मात्रा घटेको पनि बताइएको छ ।