२१ कार्तिक २०८३, शनिबार

जुम्लामा गोली चल्यो, एक जना गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jumla_nepal-mapजुम्ला, २६ साउन । कर्णाली प्रदेशको माग गर्दै जुम्लामा सुरु भएको आन्दोलनमा मंगलबार गोली चलेको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका आन्दोलनकारीको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको हो ।

प्रहरीको गोली लागेर निर्माण व्यवसायी संघ जुम्लाका अध्यक्ष राजबहादुर महत गम्भीर घाइते भएका छन् । गोली लागेर ढलेका उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । प्रहरीले गोली हानेपछि आन्‍दोलनकारी झन् उत्तेजित भएका छन् । स्थिति नियन्त्रणमा लिन खोज्दा जुम्ला तनावग्रस्त बनेको छ ।

सोमबारबाट सुरु भएको आन्दोलनमा प्रदर्शनकारीले यसअघि कांग्रेस पार्टी कार्यालय तोडफोड गरेको थिए । सोमबारको प्रदर्शनमा प्रहरीले १२ राउन्ड हवाइ फायर गरेको थियो ।