काठमाडौं, २५ साउन । पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन र सवै ठाउँमा समानान्तर कमिटीको अभ्यास गर्ने माधव नेपाल पक्षको योजनामा सोही समूहका केही नेता असहमत देखिएका छन ।
नेपाल पक्षले समानान्तर रुपमा आयोजना गरेको भेलामा सो समूहले आफ्नै गुटमा देखिएका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष भीम रावल सहभागी भएका छैनन । स्रोतका अनुसार समानान्तर अभ्यास गर्ने कुरामा खनाल र रावल सहमत छैनन ।
केही भेलामा सहभागी भएपनि गोकर्ण विष्ट र भीम आचार्य पनि यस्तो कुराले अन्ततः पार्टी नै कमजोर हुने भन्दै असन्तुष्ट छन । केन्द्रीय सदस्य तथा सभासदहरु प्रेम आले, यज्ञराज सुनुवार, गणेश पहाडी लगायतले पनि पार्टी नै कमजोर बनाउने ढंगले समानान्तर अभ्यास गर्न नहुने मत राखेका छन ।
‘हिजो केपी ओलीले मदन भण्डारी फाउन्डेशन मार्फत देशव्यापी रुपमा समानान्तर अभ्यास गरेको बदला लिन आज मदन भण्डारी अध्ययन केन्द्रलाई त्यही बाटोमा लगिदैछ, सवै ठाउँमा बिगारेर कस्तो पार्टी बनाउने ? हामी जनतासँग प्रत्येक्ष मत लिएर जित्नेहरुलाई पार्टीको जति माया छ, त्यति माया माथिका टापटिपेहरुलाई हुँदोरहेनछ’ एक सभासदले भने । साँघु साप्ताहिकमा समाचार छ ।















प्रतिक्रिया