२१ कार्तिक २०८३, शनिबार

आन्दोलनले यसरी ब्याक भए शीर्ष नेताहरू, भन्छन्, ‘हामी सुधार गर्न तयार छौं, संयम बनौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4-party-meeting-1काठमाडौं, २६ साउन । संविधान निर्माणका लागि मुलुक निर्णायक मोडमा पुगेका बेला देशका बिभिन्न जिल्लामा भएका बिरोधले प्रमुख दलका शीर्ष नेताहरूलाई पनि सोँच्न बाध्य बनाएको छ ।

संविधानसभका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले आज पत्रकार सम्मेलन गरेर आन्दोलन र प्रदर्शनहरूबाट आफूहरू जानकार रहेको बताएका हुन् । उनीहरूले प्रदर्शनकारीहरूलाई संयम हुन आग्रह गरेका हुन् । संविधान आउन नदिने खालका आन्दोलन रोकी संयमता अपनाउन र समस्या समाधानको प्रतीक्षामा रहन विशेष अपील उनीहरूको छ ।

संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधान सभामा पेश गरेको संविधानको बिधेयकमा आवश्यक परिमार्जन गर्ने प्रस्तावसहितको प्रतिवेदनमाथि ब्यापक छलफल भैरहेकै समयमा संविधानसभमा रहेका प्रमुख दलका शीर्ष नेताहरूको बैठक आज संविधानसभा परिसरमै बसी संविधानमा जनताले देखाएको चासो एवम् सरोकार हुनु स्वभाविक रहेको बताए ।

उनीहरूले जहाँ समस्या छ त्यो समस्या समाधान गर्न अन्तिम सम्म पनि प्रयन्त गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आक्रोशलाई दुरुपयोग गरी संविधान आउन नदिने षडयन्त्र पनि त्यत्तिकै रुपमा भएकोले सजग रहन आह्वान गरिएको छ ।

संवाद समितिका सभापति बाबुराम भटराई, एमाले उपाध्यक्ष बिद्या भण्डारी, प्रमुख सचेतक अग्नि खरेल, एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काको उपस्थिमा भएको चार प्रमुख दलका शीर्ष नेताहरूले इतिहासमा पहिलो पटक नेपाली जनताका चाहनाअनुसार संविधानसभाबाट संविधान निर्माणकार्य अन्तिम चरणमा पुग्न लागेको बेलामा यस, ऐतिहासिक कार्यलाई सफल पार्नु राष्ट्रको अपरिहार्य आवश्यकता बनेको बताए ।

बैठकपछि शीर्ष नेताहरू प्रधानमन्त्री एवं कांगे्रसका सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारद्वारा हस्ताक्षरित अपीलमा भनिएको छ, ‘राष्ट्रियता, लोकतन्त्र, शान्ति, स्थायित्व र विकासका लागि पनि संविधान निर्माणकार्य सम्पन्न गर्नका लागि सबैमा एक जुट हुन आह्वान गर्दछौं ।’

नेपालको सन्दर्भमा संघीयता नयाँ विषय हुनाले यसमा जे जसरी सिमाङ्कन गर्दा पनि केही विवाद रहुनु र जनताले विविध कोणबाट कुरा उठाउनु र सुझाब दिनु स्वभाबिक पनि रहेको उनीहरूले बताएका छन् ।

तर यी उठेका विवादहरूलाई जनताका भावना र राष्ट्रको आवश्यकता र हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने प्रयत्न गरिने शीर्ष नेताहरूको प्रतिबद्धता छ । शीर्ष नेताहरूको बैठकको निष्कर्षअनुसार, ‘यस घडीमा सुम्पूर्ण जनतालाई संयम धारण गर्न र सबै प्रकारका आन्दोलन रोकी उपयुक्त सुझाबद्वारा सहयोग पुराइ समस्या समाधानको प्रतीक्षा गर्न हामी अपील गर्दछौं ।’

‘संविधानमा रहेका कतिपय विषयलाई परिमार्जन गरिने छ र परिमार्जन गर्ने प्रयाप्त ठाउँ हुँदाहुँदै जस्तो खालको आक्रोश उत्पन्न गराइएको छ’, शीर्ष नेताहरूले भनेका छन् । उनीहरूले आन्दोलनले आफूहरूलाई चिन्तित बनाएको पनि प्रमुख दलहरूले उल्लेख गरेका छन् ।

4party