काठमाडौं, २६ साउन । नेपालमा मंगलबार भूकम्पको गएको छ ।
राजधानी काठमाडौं र उपत्यका वरपरका जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार आज विहान १० बजेर ४२ मिनेटमा काठमाडौंको कालिमाटीलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।
यसैबीच भूकम्पका कारण संविधानसभामा सभासद्हरुको भागाभाग भएको छ । संविधानसभा परिसरमा रहेका पत्रकार मातृका पौडेलका अनुसार भूकम्पको धक्का आउने वित्तिकै बैठकमा रहेका अधिकांश सभासद् दौडेर बाहिर चौरमा पुगेका छन् । ‘भूकम्प आयो, सभासदको भागभाग भयो, सभामुख नेम्वाङ भन्दैथिए–माननीय सदस्य बसौं बसौं’ उनले भने ।
संविधानसभा भवनमा अहिले कोलाहल मच्चिएको छ । संविधानसभाको बैठक आज विहान ८ बजेदेखि बसिरहेको थियो ।












प्रतिक्रिया