गुल्मी, २६ साउन । गुल्मी जिल्लाको दिब्रुङ्ग गाविसमा पहिरोले घर पुरिँदा आज बिहान तीन जनाको मृत्यु भएको छ ।
सोमबार रातिदेखि लगातार परेको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ३ नम्बर वडाका खड्कबहादुर सार्कीको घर पुरिएको हो ।
घर पुरिँदा उनकी ४० वर्षीय श्रीमती आसा सार्की, ११ वर्षका छोरा गगन सार्की र ४ वर्षकी छोरी बिन्दु सार्कीको मृत्यु भएको स्थानीयवासी बिष्णु थापाले जानकारी दिनु भएको छ ।
आज (मंगलबार) बिहान २ बजे तिर पहिरो गएको घरमा सँगै सुतिरहेकी कक्षा ६ मा अध्ययरत खड्क बहादुरकी जेठी छोरी सुस्मा सार्कीले बताउनु भएको छ ।
घटनास्थलमा अहिले चन्द्रकोट प्रहरी चौकी शान्तिपुरबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।
घटनामा कक्षा ६ मा अध्ययनरत जेठी छोरी सुस्मा सार्की र कक्षा ५ मा अध्ययनरत रनु सार्की सकुशल रहेको स्थानीय भीमादी प्राथमिक विद्यालयका प्रअ समेत रहनुभएका शिक्षक बिष्णु थापाले जानकारी दिनुभयो ।
खड्कबहादुर भने वैदेशिक रोजगारमा साउदी अरवमा रहनु भएको छ ।












प्रतिक्रिया