काठमाडौं, २६ साउन । दलितका हकअधिकार नयाँ बन्ने संविधानमा समेट्नु पर्ने मागसहित आन्दोलनमा उत्रिएका दलित अगुवाहरूले दवाव दिने उदेश्यले आज दुई घण्टा चक्का जाम गर्दैछन् ।
राजधानीसहित मुलुकभरि हुने चक्का जामबाट सभासद र राजनीतिक दलहरूलाई अधिकार सुनिश्चितका लागि दवाव दिइने अधिकारकर्मी तथा दलित अगुवा विनोद पहाडीले जानकारी दिए ।
‘दलका नेता र सभासदहरूलाई दवाव दिने उदेश्यले बिहान एघार बजेदेखि दिउँसो एक बजेसम्म बबरमहलमा चक्का जाम गर्छौं’, पहाडीले भने, ‘दलितका अधिकारको पक्षमा दलका नेता र सभासदहरू तयार नभए अरु संघर्ष पनि गर्न बाध्य हुने छौं ।’
दलित अधिकारकर्मी र अगुवाहरूले बुधबार माइतीघर मण्डलाबाट कफन जुलुससमेत निकाल्ने जनाएका छन् ।
अधिकारका लागि दलित संयुक्त संघर्ष समिति गठन गरेर दलित क्षेत्रमा काम गर्दै आएको अगुवा र नेताहरूले दलका नेताहरूलाई अधिकारका लागि दवाव दिँदै आएका छन् ।












प्रतिक्रिया