हेटौँडा, २५ साउन । आईएमईको नयाँ शाखा एजेन्ट दुप्चेश्वर मनि ट्रान्सफरको आज हेटौडामा उद्घाटन गर्दै सेवा सुभारम्भ गरिएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र आईएमईका नारायणी अञ्चल प्रमुख सुरज पौडेलले आज संयुक्त रुपमा शाखाको उद्घाटन गरेर सेवा सुभारम्भ गरेका हुन् ।
विदेश गएकाहरुको पैसा पठाउने सजिलो माध्यमको रुपमा परिचित आईएमईको उद्घाटन गर्दै प्रमुख अतिथी उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हेटौँडामा रेमिट्यान्सको सेवा प्रदान गर्ने हेतुले खोलिएको दुप्चेश्वर मनि ट्रान्सफरले छिटो छरितो र सहज ढङ्गबाट सेवाप्रवाह गराउन आग्रह गर्दै हेटौडामा नयाँ ब्यापार ब्यवसाय थपिनु मकवानपुरेको लागी खुसीको कुरा भएको बताउदैँ सेवा दिन कन्जुस्याइ नगर्न आग्रह गरे ।

यस्तै, कार्यक्रमका विशेष अतिथि आईएमईका नारायणी अञ्चलप्रमुख सुरज पौडेलले आईएमई रेमिट्यान्सको पर्यायबाचीभइसकेको बताउदैँ आईएमईले सहजतथा सुलभ तरिकाले रेमिट्यान्सका सेवादिइरहेको बताउदैँ आईएमईको सेवामाकुनै कमीकमजोरी हुन नदिने बताए ।
जनताको मेहनत र पसिनाको कमाइ राज्यकोषमा राजश्वतिर्ने गरी विश्वासिलो पैसा पठाउने र प्राप्तगर्ने माध्यमको रुपमा आईएमईले सेवा दिइरहेको उनको भनाई थियो ।
मकवानपुरका स्थानीय राजतिनीज्ञ व्यावसायी सञ्चारकर्मीहरुको उपस्थितीमा उद्घाघन गरीएकोे दुप्चेश्वर मनि ट्रान्सफर मकवानपुर उद्योग वाणीज्य संघको उत्तरपट्टी रहेको छ ।















प्रतिक्रिया